लोन्ली प्लानेटको सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यको सुचीसहितको पुस्तक बजारमा आएको छ । जसमा नेपाललाई सन् २०२२ मा घुम्नै पर्ने पर्यटकीय गन्तब्यमा सुचीकृत गरिएको छ। यो बर्ष लोन्ली प्लानेटले टपटेन देश, क्षेत्र र शहरलाई टपटेनमा राखेको छ । टपटेन देशको सुचीमा नेपाल आठौं नम्बरमा छ ।

नेपालको नाम आउनासाथ सगरमाथाको नाम जोडिने भएपनि नेपालमा सगरमाथा नचढ्नेहरुका लागि पनि घुम्नका लागि धेरै स्थान रहेको भन्दै नेपाललाई उत्कृष्ट गन्तव्यमा राखिएको छ । मुस्ताङमा पर्यटकहरुले उच्च मरुभूमिको आनन्द लिनसक्ने र होमस्टेमा रमाउन सक्ने भन्दै सीएनएनले नेपालको बारेमा व्याख्या गरेको छ ।

उत्कृष्ट दशभित्रको सूचीमा पहिलो नम्बरमा कुक आइल्याण्ड परेको छ। दोश्रो नम्बरमा नर्वे, तेश्रोमा मौरिसस, चौथोमा बेलिज परेका छन्। पाँचौ नम्बरमा स्लोभेनिया, छैठौंमा एङगुइला, सातौमा ओमान, आठौमा नेपाल, नवौंमा मालावी र दशौंमा इजिप्ट परेका छन्।

News Source: khasokhas.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय