काठमाडौं, २४ चैत्र – 1974 AD ब्यान्डका फ्यानहरूका लागि खुसीको खबर: नेपालमा 1974 AD ब्यान्डका सदस्यहरूको पुनर्मिलन यात्रा सुरु हुँदैछ। उनीहरुले एल.ओ.डी. मा अप्रिल ९ मा प्रस्तुति दिनेछन् ।

शनिबार चैत्र २६ को लागि लर्ड अफ द ड्रिंक्स (LOD) मा Ame Group द्वारा नयाँ वर्ष विशेष कार्यक्रम गर्न लागेको हो। सामान्य टिकटहरू १५०० र भि.आइ.पि. टिकटहरू २००० मात्र रहेको छ।

ठमेलमा रहेको यस लर्ड अफ द ड्रिंक्समा १९७४ ए डि का समुहले पनि आफ्नो विशेष कार्यक्रम प्रद्शन गर्नेछन्। लर्ड अफ द ड्रिंक्सका अनुसार साँझ ६ बजे बाट ढोका खुल्छ, साथै आफ्नो टिकट लिन बिहान ११ बजेबाट टिकट उपलब्ध गराएउने व्यवस्था छ।

साथै उनीहरुले द कन्सेप्ट बुटवल (अप्रिल २२), द रोलिङ स्टोन्स पोखरा (अप्रिल २३) र सासा:तवा, कीर्तिपुरमा पनि प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय