नेपालगन्ज – नेपाली नयाँ वर्ष– २०७९ को अवसरमा सिद्धार्थ होटल नेपालगन्जले विशेष कार्यक्रम गर्ने भएको छ । सिद्धार्थले नयाँ वर्षमा ‘न्यु इयर इभ’ २०७९ गर्ने तयारी गरेको छ । नयाँ वर्षलाई नयाँ उत्साह, जोस र उमंगका साथ स्वागत गर्नको लागि नयाँ वर्षको विशेष कार्यक्रम गर्न लागिएको सिद्धार्थ होटलका व्यवस्थापन काशिराम अधिकारीले बताए ।

अधिकारीका अनुसार नयाँ वर्षको कार्यक्रममा गायक ‘एड्रियन प्रधान कलेक्टिभ’ सहित ७ जना राष्ट्रिय कलाकार टिमले विशेष प्रस्तुती देखाउने छ । साथै उक्त कार्यक्रममा ‘डिजे बि–क्यास’ र नेपालगन्ज क्षेत्रका ‘गीतसँग कुन्त’ लोकप्रिय ब्यान्डले पनि प्रस्तुती देखाउने आयोजकले जनाएको छ । यही चैत ३० गते बेलुका ७ बजेबाट सुरु हुने उक्त कार्यक्रम राती १२ बजेसम्म चल्नेछ ।

कार्यक्रममा सहभागिताका लागि बृद्ध र बालबालिकालाई २ हजार १ सय ९९ र ५ वर्षदेखी १२ वर्ष मुनिका बालबालिकाको लागि १ हजार १ सय ९९ सय रुपैयाँ लिइने होटलका सेल्स एण्ड मार्केटिङ प्रबन्धक नबिन भट्टले बताए ।

‘यही शुल्कबाट हामीले कार्यक्रम स्थलमा खाने कुरा उपलब्ध गराउँछौं,’ उनले भने ‘पटक पटक पैसा तिरेर खानुपर्ने झण्झटलाई हामीले अन्त्य गरेका छौं, टिकट काटेको पैसाबाट नै प्याकेजमा खान पाउनु हुन्छ ।’

सिद्धार्थ गु्रपका पश्चिम क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले कोरोना महामारीका कारण दुई वर्षसम्म निराशा जनक अवस्थालाई कम गर्दै नयाँ उत्साह जगाउनका लागि २०७९ सालको स्वागतका लागि रमाईलो जमघट गराउन कार्यक्रम गर्ने तयारी गरेको बताए ।

उक्त कार्यक्रममा करिव ५ सय दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ । न्यु इयर इभमा सहभागिता जनाउन यही चैत २८ गतेसम्म टिकट वुकिङ गर्न सकिने सिद्धार्थ गु्रपका कृष्ण भण्डारीले बताए । ‘अहिलेसम्म टिकट बुकिङ उत्साहजनक रुपले भइरहेको छ, प्रत्येक उपस्थित हुन नसक्नेले अनलाईनमार्फत पनि टिकट बुकिङ गर्न सक्नेछन,’ उनले भने ।

न्यु इयर इभले देशको अर्थतन्त्रलाई माथी उठाउन पनि मद्धत गर्ने भण्डारी बताउँछन । पत्रकार सम्मेलनमा सिद्धार्थ गु्रपका महासचिव मुक्तिराम भण्डारीले नयाँ वर्ष २०७९ को अवसरमा देशभरका विभिन्न शाखामा न्यु इयर इभ कार्यक्रम आयोजना हुन लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय